सिंहदरबार जलाएको हुँ भन्ने व्यक्ति पक्राउ परेका छन् । महेन्द्र गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भदौ २४ गते प्रदर्शनमा सिंहदरबार जलाएको हुँ भन्ने व्यक्ति र सोही दिन आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिनेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-९ घर भइ काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम छन्।
गौतमलाई जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप्न अनुमति लिइ अनुसन्धान जारी राखेको भट्टराईले बताए ।

प्रकाशित: २२ माघ २०८२ १८:४६ बिहीबार





