वरिष्ठ पत्रकार हरिबहादुर थापाले संसदमै स्वार्थ समूह हावी भएको टिप्पणी गरेका छन् ।
नागरिकको प्रस्तुती क्रिएटर च्याम्पियन्सको बिहीबार आयोजित कार्यक्रममा थापाले पछिल्लो समय विधेयक विवादित हुनुको कारण संसद्मै स्वार्थ समूह हावी भएको बताए ।
उनले भने, ‘पछिल्लो समय विधेयक किन विवादित हुन थाले भने अहिले संसदमै स्वार्थ समूह हाबी भए। २०६४ अघि संसदमै त्यस्ता समूह कम हुन्थे।’
थापाले पहिले व्यापारीले पैसा दिने गरे पनि अहिले व्यापारी नै संसदमा आउन थालेको पनि बताए। उनले भने, ‘पहिले व्यापारीले पैसा दिन्थे । २०६४ देखि व्यापारी नै संसदमा आउन थाले । यसले समस्या सिर्जना भएको छ।’
प्रकाशित: २२ माघ २०८२ १९:०९ बिहीबार





