२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

मन्त्री पाण्डेद्वारा अन्तर्राष्ट्रिय हवाई कम्पनी प्रतिनिधिहरूसँग छलफल, सरकारले ल्याएको प्याकेजमा आशङ्का नगर्न आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन  । मन्त्री पाण्डेले भने,‘देश आर्थिक लगायतका जटिलतामा गुज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै  पनि सरकारले विभिन्न प्याकेज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ ।’ उनले भने, ‘देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन । ’

मन्त्री पाण्डेले दुई वटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्राउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व  भित्राउन सक्ने बताए।

उनले सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला रु भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय  विमान कम्पनीहरूसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रुपमा अघि बढिसकेको समेत बताए।छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित: ११ भाद्र २०८१ १८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App