४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेदीखोला हाइड्रोमा वाणिज्य बैङ्कले ऋण लगानी गर्ने

फेदीखोला हाइड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकका बिचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता भएको छ।

बिहीबार सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लि. का तर्फबाट पूर्वाधार बैङ्किङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा।पा। वडा नं। ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा रु. ५० करोड राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ। कम्पनीका अनुसार यही श्रावण महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा।लि। बाट लि। मा परिवर्तन गरी स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आ।व। भित्रमा गरिने लक्ष रहेको छ।

२०८२ असोज भित्र सम्पन्न हुने यस आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवास गृह आदीको निर्माण सम्पन्न भएको छ र सिभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८१ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App