नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने भएको छ।
प्राधिकरणले मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको थियो।
आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो।
प्रकाशित: ८ श्रावण २०८१ १६:४५ मंगलबार