२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एक वर्षमा विदेशबाट १ अर्ब ४४ करोडको सुन्तला आयात

गत आर्थिक वर्षमा विदेशबाट १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला आयात भएको छ। भन्सार विभागका अनुसार विदेशबाट मात्र गत आर्थिक वर्ष २० हजार मेट्रिक टन सुन्तला आयात भएका हो।

सुन्तलासहित गत आर्थिक वर्ष २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल आयात भएको विभागको तथ्याङ्क छ। यसमा २ लाख मेट्रिक टन फलफूल भारतबाट मात्रै आयात भएका छन्। बाँकी ९६ हजार मेट्रिक टन चीन, अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट आयात भएको विभागको भनाइ छ।

यद्यपि भारतबाट आयात भएको फलफूलको मूल्य १२ अर्ब ३४ करोड र तेस्रो मुलुकबाट आयत भएको फलफूलको मूल्य ११ अर्ब ७ करोड रहेको छ। फलफूलबाट सरकारले ६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।सोही अवधिमा नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको विभागको तथ्याङ्क छ।

प्रकाशित: ७ श्रावण २०८१ १९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App