२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष उप्रेती पक्राउ

राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष केबी उप्रेतीलाई  बुधबार प्रहरीले पक्राउ गरेको छ। उनलाई बालाजु क्षेत्रबाट महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ।

उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका पनि सञ्चालक हुन्।राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्यामा आएको हाे ।उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषित गरिएको थियो।

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा उप्रेतीको सहकारी पनि रहेको छ। उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो।

प्रकाशित: १९ असार २०८१ १९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App