२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा प्रदान गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै सडक बत्ती जडान गरी विद्युत बक्यौता उपभोग गरेका स्थानीय तहहरूलाई ६० महिनासम्मको किस्ताबन्दी बुझाउन पाउनेगरी सूचना जारी गरेको हो।

प्राधिकरणले विद्युतीय संरचनामा सडक बत्ती जडान गरी विद्युत उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुरसहितको बक्यौता विद्युत महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन पनि सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०८१ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App