सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो मोबाइल एप ६० हजार बढी पटक डाउनलोड भएको बताएको छ। मर्जरपछि परिमार्जन गरी सेवामा ल्याइएको एपले छोटो समयमै सो उपलब्धि हासिल गरेको हो। एपको बढ्दो लोकप्रियता र ग्राहक तथा बिमितहरूले इन्स्योरेन्सप्रति राखेको विश्वासलाई उजागर गरेर विश्वास गरेको कम्पनीले जनाएको छ।
एपको प्रयागले अभिकर्तालाई व्यवसाय विस्तार गर्न र बिमा योजना सम्बन्धी सम्पूर्ण जानकारी लिन सहज भएको र सक्रिय अभिकर्ता बीच आफ्ना समूहमा व्यावसाय विस्तार गर्न अमूल्य भूमिका खेलेको कम्पनीले जनाएको छ।
यसैक्रममा बिमा क्षेत्रमा डिजिटल प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै इन्स्योरेन्सले प्रदान गर्ने सेवा लागयत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जन र परिस्कृत गर्दै लैजाने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए।
प्रकाशित: ४ असार २०८१ ०७:५० मंगलबार