३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

टिकटकले सुरु गर्यो न्यू एआई कन्टेन्ट लेबलिंग र मिडिया लिट्रेसी इनिसियटिभ्स

टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीमा महत्त्वपूर्ण प्रगतिहरूको घोषणा गरेको छ। कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टीसिटी (C2PA) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक रूपमा एआई जेनेरेटेड कन्टेन्ट (AIGC)  लेबल गर्न कन्टेन्ट क्रिडेन्सियल प्रविधि  प्रयोग गर्ने टिकटक पहिलो भिडियो शेयरिंग प्लेटफर्म बनेको छ।  

एआई जेनेरेटेड कन्टेन्टद्वारा उत्पन्न सम्भावित चुनौतीहरू बुझ्दा टिकटकले पारदर्शिता बढाउन बलियो सिस्टम लागू गरेको छ। यस पहलमा टिकटकको स्वामित्वको एआई इफेक्टहरूसँगै AIGC का सबै अटोमेटेड लेबलिङ समावेश छन्। गत वर्ष कन्टेन्ट ओरिजिनको स्पष्ट बुझाइलाई बढावा दिँदै टिकटकको इनोभेटिभ लेबलिङ टुल्सबाट ३७ मिलियनभन्दा बढी क्रियटरहरूले लाभ उठाएका थिए ।  

आफ्नो पारदर्शिताका प्रयासहरूलाई अगाडि बढाउँदै टिकटकले चाँडै नै डाउनलोड हुँदा पनि मेटाडाटा कन्टेन्टसँगै रहनेगरी आफ्ना सबै कन्टेन्टहरूमा कन्टेन्ट क्रिडेन्सियलहरू विस्तार गर्नेछ। यो सुविधाले प्रयोगकर्ता र बाह्य प्लेटफर्महरूलाई कन्टेन्टको प्रामाणिकता पुष्टि गर्न सक्षम बनाउँदै डिजिटल परिदृश्यमा पारदर्शिताको विश्वव्यापी स्ट्याण्डर्डलाई बढावा दिन्छ।

मिडियावाइज र विटनेससँगको साझेदारीमा टिकटकले मिडिया साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक अभियानहरूको शृंखला सुरु गर्दैछ। यी पहलहरू वास्तविक र भ्रामक एआई(जेनेरेटेड कन्टेन्टबीचको भिन्नता पहिल्याउँदैअनलाइन जानकारीको आलोचनात्मक मूल्याङ्कन गर्न प्रयोगकर्ताहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो। वर्षभरि टिकटकले मिडियावाइजसँगको सहकार्यमा युनिभर्सल मिडिया लिट्रेसीस्किललाई बढावा दिनमा केन्द्रित १२ वटा भिडियोहरूको शृङ्खला जारी गर्नेछ।

एडबका जनरल काउन्सिल र प्रमुख ट्रस्ट अफिसर दाना रावले टिकटकको प्रयासको प्रशंसा गर्दै भने, “विश्वव्यापी रूपमा क्रियटर र युजरहरूको विशाल समुदाय भएको टिकटकको C2PA र CAI दुवैमा संलग्नता हुनु निकै महत्त्वपूर्ण छ। आजको डिजिटल युगमाकन्टेन्टको प्रामाणिकता सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ। यो साझेदारीले त्यो लक्ष्यतर्फको महत्त्वपूर्ण कदमलाई चित्रित गर्दछ।”

मिडियावाइजका निर्देशक एलेक्स महादेवनले साझेदारीको बारेमा उत्साह व्यक्त गरे । “सन् २०१९ मा टिकटकमा हाम्रो टिन फ्याक्ट(चेकिंगनेटवर्क सुरु गरेदेखिनै हामीले महत्त्वपूर्ण इन्गेजमेन्ट देखेका छौं। हामी यी नयाँ माध्यमहरू मार्फत् मानिसहरूलाई अनलाइन फिक्शनबाट तथ्य पत्ता लगाउन सशक्त बनाउन आतुर छौं” उनले भने ।  

एडब नेतृत्वको कन्टेन्ट प्रमाणिकता इनिसियटिभ (CAI) मा सामेल भएर कन्टेन्ट प्रामाणिकतालाई बढावा दिने विद्यमान मापदण्डहरू अपनाउनमा टिकटक अग्रपङ्क्तिमा छ। यस सहयोगी प्रयासले प्रयोगकर्ताको अनुभव र विश्वास बढाउँदै टिकटकमा अटो लेबल गरिएको AIGC को मात्रा क्रमशः बढाउने अपेक्षा गरिएको छ।

टिकटकका बारे

छोटो आकारको मोबाइल भिडियोका लागि टिकटक अग्रणी गन्तव्य हो। सिर्जनशीलतालाई बढवा दिँदै खुशी ल्याउनु हाम्रो उद्देश्य हो। टिकटकको लस एन्जलस, न्यूयोर्क, लण्डन, प्यारिस, बर्लिन, दुबई, सिङ्गापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियोजस्ता विश्वका विभिन्न सहरमा कार्यालय छ।

प्रकाशित: २७ जेष्ठ २०८१ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App