४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा सिको घडीले आफ्नो पहिलो फ्ल्यागशिप स्टोर खोल्यो

प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो । विभिन्न माध्यमबाट दशकौं अगाडीदेखि नेपाली उपभोक्तामाझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको यो पहिलो पटक हो ।

उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै सिकोका प्रेसिडेन्ट निलान्द्री मजुमदार भन्छन्, 'हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौं, संस्कृति, सम्पदा र इतिहासमा धनी सहर काठमाडौंमा हाम्रो उपस्थितिले हामीलाई उत्साही बनाएको छ । आधुनिकता तर्फ बढीरहेको बजार हो जसले गुणस्तर र क्राफ्टम्यासिप बुझ्ने दर्शकहरूलाई प्रतिनिधित्व गर्दछ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र सङ्कलकहरूलाई अवस्य आकर्षित गर्नेछ ।'

नेपाली उपभोक्ताहरूले सिकोको पछिल्लो संग्रह अनुभव गर्ने विशेष अवसर यस स्टोरमा पाउनेछन्, जसले सिको ब्रान्डको क्राफ्टम्यानसिप र जापानी परम्पराको समर्पणलाई देखाउनेछ ।  

यस स्टोरमा आम उपभोक्ताले घडी किन्दा अनुपम अनुभव प्रदान गर्ने वाचा गरेको छ भने ब्यक्ति अनुसारका विविध रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २ सयभन्दा बढी मोडलहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

सिको एक जापानी घडी निर्माता हो जसले सन् १८८१ देखि घडी बनाउँदै आएको छ । 

प्रकाशित: १६ जेष्ठ २०८१ १९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App