३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा बैंकबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मका लागि सवारी कर्जा लिन सक्नेछन्।

ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्रान्डको सवारी साधन खरिद गर्दा सो कर्जा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ। सम्झौतापश्चात् युनाइटेड ट्रेडर्सले गरिमा बैंकलाई बैंकिङ पार्टनरको रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित: २० वैशाख २०८१ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App