सात वर्षदेखि विभिन्न ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चाइनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेका छ।
‘फाइभ स्टार’ सेप्टी रेटिङ प्राप्त रियल इभी यसयुभि जी मोटर्स प्रालिले राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुममा सार्वजनिक गरेको हो। शोरुमको उद्घाटन र गाडी सार्वजनिक एकैपटक गरिएको हो। जी मोटर्स प्रालिले ९ थान गाडी ग्राहकलाई डेलिभरी पनि गरेको छ।
नेपालस्थित चिनिया दुतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सियु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतिनिधि थोमस जु र जी मोटर्स प्रा। ली। अध्यक्ष दुर्गाप्रसाद गेलालले संयुक्त रूपमा शोरुम उद्घाटन गरी गाडी सार्वजनिक गरेका थिए।
नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले नेपाल मै सबैभन्दा धेरै रेन्ज ६२० किमी दुरी एक सिङ्गल चार्जमा दिने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा दिने कम्पनीले जनाएको छ।
कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले वैशाख महिना भरका लागि गाडी खरिदकर्तालाई १ वर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा रहेको जानकारी दिए।
‘विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो’, उनले भने। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छन्।
कम्पनीका अनुसार स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। स्काइवेल ईटी ५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेकट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर ईभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरिएको छ। यसको टप स्पिड १६० प्रति घण्टा भन्दा बढी छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउने छ।
स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेड लाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। स्काईवेल ईटि५ को नेपाली बजार मूल्य रु १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ९ वैशाख २०८१ १६:४० आइतबार





