२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

९ महिनामा साढे १० खर्बको व्यापार घाटा, ३.६६ प्रतिशतले खुम्चियो निर्यात

चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनाको अवधिमा नेपालले साढे १० खर्ब रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ भएको हो।

गत आवको सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो।  सो अवधिमा नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। जसमा गत आवको तुलनामा २.९२ प्रतिशतले कम वैदेशिक व्यापार गरेको छ।

त्यस्तै, उक्त अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भन्सार विभागले जनाएको छ। गत आवको तुलनामा यो वर्ष २.८४ प्रतिशतले कम आयात गरेको छ। गत आवमा नेपालले १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो।

त्यस्तै चालु आवको ९ महिनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ। नेपालले गत आवको ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको भन्सार विभागले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App