२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंक र एनआइसी एसियाबीच सहकार्य

महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सो सम्झौता भएको हो।  

सम्झौता अनुसार क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना (एनआइसी एसिया डाइनामिक डेट फन्ड) को वितरण एजेन्टको रूपमा बैंकले कार्य गर्नेछ।

बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यस सहकार्यबाट लिएको छ। 

साथै देशभर रहेका लगानीकर्ताको एनआइसी एसिया डाइनामिक डेट फन्डमा सहज पहुँच भई वित्तीय समावेशिता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: २१ चैत्र २०८० ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App