१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले प्रदेश कार्यलयहरूको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूका बारेमा जानकारी गराइएको छ।

अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १९ चैत्र २०८० ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App