२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको ४१ वटा शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावना रहेका व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको छ।

बैंकका अनुसार पाँच हजारभन्दा बढी व्यक्तिलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे जानकारी गराइएको छ।

प्रकाशित: २५ फाल्गुन २०८० ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App