१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

सिरहा नगरपालिका– १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।

करिब २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ। चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ।

यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डो¥याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ। –रासस

प्रकाशित: १२ फाल्गुन २०८० १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App