१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चित

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ।

आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्ष देखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले २ लाख ६० हजार मेट्रिक टन खरिदका लागि स्रोत सुनिश्चित गरेको हो।

आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी रासायनिक मल खरिदका लागि करिब १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्द प्रसाद शर्माले बताए। ‘आगामी वर्षका लागि रासायनिक मल खरिदको प्रक्रिया अब सुरु हुन्छ,’ शर्माले भने, ‘मल खरिदको प्रक्रिया अघि बढाउन स्रोत सुनिश्चित गरिएको छ।’

मल खरिद प्रक्रिया अघि बढे पछि मल ल्याउनका लागि करिब ६ महिना लाग्ने भएकाले आगामी आवका लागि चालु आर्थिक वर्षबाट नै प्रक्रिया अघि बढाउनु पर्छ। सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट खरिद गरिने मलका लागि खरिद प्रक्रिया अघि बढेको छ। ३० अर्ब रुपैयाँको मल मध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।

प्रकाशित: ८ माघ २०८० १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App