बुटवल पावर कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्ताव पारित गरेको छ।
यस्तै सभाले कम्पनीको प्रतिसेयर सय रूपैयाँ दरका एक करोड कित्ता सेयरहरू प्रचलित ऐन नियमबमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी चार अर्ब ४० करोड ९० लाख रूपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ।
प्रकाशित: २ माघ २०८० ०२:१६ मंगलबार