२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारको खर्च गर्ने क्षमता कमजोर, पुँजीगत खर्च साढे १५ प्रतिशत मात्र

सरकारले खर्च गर्ने क्षमता बढाउन नसक्दा पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको करिब ६ महिना (पुस २६ सम्म) पुँजीगत खर्च १५.५१ मात्र रहेको छ।  यो वर्षका लागि ३ खर्ब २ अर्ब पुँजीगत खर्च विनियोजन गरेकोमा अहिलेसम्म ४६ अर्ब ८४ करोड रुपैयाँ मात्र खर्च भएको छ।

१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएकोमा विहीवारसम्म ५ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ मात्र खर्च भएको छ।  यो कुल खर्चको ३१.९ प्रतिशत मात्र हो। यो अवधिमा चालु खर्च भने ३७.८२ प्रतिशत भएको छ। चालु खर्च  ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेकोमा अहिलेसम्म ४ खर्ब ३१ अर्ब रुपैयाँ खर्च भएको छ।

प्रकाशित: २७ पुस २०८० १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App