१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला र गण्डकी कलेजबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो सम्झौता भएको हो।

सो सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, कर्मचारी, तथा सेयरधनीलाई स्वास्थ चेक जाँचमा कर्मचारी र सेयरधनीलाई १५ प्रतिशत तथा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट हुने भएको छ।

प्रकाशित: २४ पुस २०८० ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App