१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा-महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क उपलब्ध हुनेछ।

साथै प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

यसअन्तर्गत, बैंकले पुस ४ गते बुधबार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरिएको थियो।

यसैगरी बैंकले अरू ६ वटा प्रदेशमा यही पुसमा थप शिविरहरू सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: १० पुस २०८० ०५:४३ मंगलबार

ग्लोबल आइएमई बैंक १७ औं वार्षिकोत्सवको अवसर पाठेघरको क्यान्सर (भिआइए) परीक्षण