१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण र खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो। साथै, सो विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रूपमा कर्जा सार्न सक्नेछन्।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले पाँच वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, पाँच देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउनेछन्।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेश गरेको तीन कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ।

प्रकाशित: ८ पुस २०८० ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App