२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैङ्कका गर्भनरको तलब भत्ता बैङ्कका सिईओको भन्दा कम

फाइल तस्बिर

नेपाल राष्ट्र बैङ्कका गभर्नरको वार्षिक तलब सुविधा बैङ्कका प्रमुख कार्यकारी अधिकृतको भन्दा कम रहेको छ।

बैङ्कहरूलाई नियमन गर्ने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा १६ लाख ३२ हजार रुपैयाँ तलब सहित कुल ६० लाख ९१ हजार ३ सय ३५ रुपैयाँ तलब भत्ता बुझेका हुन्।

सरकारी स्वामित्वका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाहेक सबै वाणिज्य बैङ्कका सिईओको तलब एक करोडदेखि चार करोड रुपैयाँसम्म रहेको छ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैङ्कका सिइओले पनि गभर्नरले भन्दा धेरै तलब खाने गरेका छन्। सरकारी बैङ्कका सिईओको वार्षिक तलब भत्ता पनि वार्षिक ६० लाख रुपैयाँ बढी रहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गर्भनर अधिकारीले अघिल्लो वर्ष भन्दा गत वर्ष तलब भत्ता धेरै लिएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ४९ लाख ५ हजार २५५ रुपैयाँ तबल भत्ता बुझेका गर्भनरले आब २०७९/८० मा ६० लाख ९१ हजार ३ सय ३५ रुपैयाँ तलब भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो वर्ष भन्दा गत वर्ष तलब भत्ता करिब साढे २३ प्रतिशत धेरै बुझेका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App