५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिट गर्दै

भारतले यही मंसीर १ गते भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्ने भएकोछ।  

भारतले यसअघि २०७९ साल पुष २८–२९ सम्म भर्चुअल ढाँचामै पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो।भारतको यस नवीनतम पहलले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो।

जी–२० को अध्यक्षता अवधिभर, भारतले ग्लोबल साउथका सरोकारहरुलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको छ।

भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्नेछ। विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल हुने सम्भावना छ।अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने हाम्रो साझा आकांक्षालाई पुरा गर्न आवश्यक तरिकाहरु उपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रुपमा काम गर्नेछ।

भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ।उद्घाटन र समापन सत्र राष्ट्र प्रमुखर सरकार तहमा हुनेछन् र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन।उद्घाटन सत्रको विषयवस्तु ‘एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै’ र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ स् एक भविष्यका लागि एकसाथ’ रहेको छ।यी बाहेक, सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरु रहनेछन्।

प्रकाशित: ३० कार्तिक २०८० १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App