२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंमा बिवाईडी सिटी स्टोर

बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले काठमाडौंमा बिवाइडी सिटी स्टोरको सुरूवात गरेको छ ।

विद्युतीय सवारी साधन धेरैभन्दा धेरै ग्राहकमाझ पुर्याउने लक्ष्यसहित कम्पनीले सोरूम बिस्तार गरेको हो । सोरूमको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य बिराजभक्त श्रेष्ठले उपस्थिति जनाएका छन् ।

यस्तै कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अग्र र उच्च गुणस्तरका विद्युतीय सवारी साधनको प्रदर्शनी र प्रबद्र्धनमा सोरुमले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइन् । विद्युतीय सवारी साधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि सो सोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसन, आकर्षक डिस्प्ले र ग्राहकका सेवामा समर्पित तालिम प्राप्त कर्मचारी राखिएको उनले बताइन् ।

यसका साथै कम्पनीले बिवाइडी अटो ३ र बिवाइडी डल्फिन वा अल न्यु बिवाइडी इ ६ मध्ये बिवाइडीका कुनै पनि सवारी साधन खरिद गर्ने योजना भएका ग्राहकका लागि कम्पनीले सरल एक्सचेन्ज सुविधाका साथमा फाइनान्स सुविधा दिने विकल्पहरू पनि ल्याएको कम्पनीले जनाएको छ । 

साथै कम्पनीले दिगो विकास र प्रविधिमा यसप्रति नेपालीको बढ्दो अभिरुचिसँगै बिवाइडीले हरित भविष्यको सुनिश्चितता र यस क्षेत्रमा विद्युतीय सवारी साधनको द्रुत बिस्तार र वितरणको योजना लिएर आएको जनाएको छ ।

प्रकाशित: ३० आश्विन २०८० ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App