२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको ‘अटम अफर’

नेपाल टेलिकमले असोज २५ गतेदेखि लागु हुने गरी ‘अटम अफर’ सार्वजनिक गरेको छ। अफर अन्तर्गत कम्पनीले अनलिमिटेड अन-नेटभोइस प्याकेज ल्याएको छ। जसमा १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने भएको छ।

त्यसैगरी सोही अनलिमिटेड अन-नेट भोइस प्याकेज अन्तर्गत १३ रूपैयाँमा बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ। यस्तै अल नेट भोइस प्याकअन्तर्गत १८ रूपैयाँमा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यस्तै टेलिकमले अल टाइम डेटा प्याकअन्तर्गत ९५ रूपैयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जिबी डेटा उपलब्ध गराउने छ।

त्यसैगरी आकर्षक सुविधासहितको फोरजीअल टाइम डेटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीले प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ अफर उपलब्ध गराएको छ। जसमा ६ सय ३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भोइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र नौ जीबी डेटासहितको प्याकेज उपलब्ध हुनेछ। सो प्याकेज २८ दिनसम्म चलाउन सकिने लगायतका अफरहरू कम्पनीले ल्याएको छ।

प्रकाशित: २६ आश्विन २०८० ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App