१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिट्रोनको नयाँ सोरुम चितवन र पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।

चितवनको भरतपुर १० रिजालचोकमा खोलिएको नयाँ सोरुम ओजोन मोटर्स कम्पनीको रहेको कम्पनीले जनाएको छ। नयाँ सोरुममा सिट्रोन इसी थ्री र सिट्रोन सि थ्री मोडल रहेका छन्।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सिसिआइसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले उक्त सोरुमको उद्घाटन गरेका छन्।

यसैगरी कम्पनीले पोखरामा पनि नयाँ सोरुम विस्तार गरेको छ। यो सोरुम एसएसएल मोटर्स कम्पनी रहेको छ।

यातायात व्यवस्था कार्यालय सवारी गण्डकी कार्यालयका प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले सोरुमको उद्घाटन गरेका थिए। यो सोरुममा पनि सिट्रोन इसी थ्री र सिट्रोन सिथ्री मोडल नै बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ। सिट्रोन इसी थ्रीमा २९.२ केडब्ल्युएच ब्याट्री, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कका साथ प्रभावशाली प्रदर्शन प्रदान गर्ने दाबी कम्पनीले गरेको छ।

सिट्रोन इसी थ्रीको एमिसन–फ्री सञ्चालनले वातावरण स्वच्छ राख्न योगदान पु¥याउने र यसले ग्राहकलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई मदत गर्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख, फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको छ। सिट्रोन भारतमा बनेको सबैभन्दा कम मूल्यको इभी बनेको छ।

प्रकाशित: १५ आश्विन २०८० ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App