४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगको आईतबार पोखरामा बसेको बैठकले प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८०/८१–२०८५/८६)को अवधारणापत्र पारित गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगले बनाएको पञ्चवर्षीय अवधारणा पत्र पारित गरेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जानकारी दिए। पारित अवधारणा पत्रका आधारमा अब आयोगले पञ्चवर्षीय योजना बनाउनेछ। 

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पञ्चवर्षीय योजनामा कार्यान्वयन हुने योजना मात्र समेटिने बताए। ‘कार्यन्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्छ’ उनले भने ‘गर्नै नसकिने महत्वकांक्षी योजना राख्नका लागि मात्रै उल्लेख नगर्नुहोस्।’ उनले बसाईसराई रोक्ने, उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाब दिए।

प्रकाशित: ३१ भाद्र २०८० ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App