१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नक्सालको नन्दी माध्यामिक विद्यालय कक्षा नौमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मणबाबु जेहेन्दार छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरत्न शाहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरेका छन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८० ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App