८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ। नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो सोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ।

एड्भान्स्ड अटोमोबाइल्स प्रालिका जेनरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिङ डिपार्टमेन्ट हेड विशाल दाहालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंक मार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन्। यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरू र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ।

यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ। यस योजना अन्तर्गत रेनोका ग्राहकले सात लाख रूपैयाँसम्मको छुट पाउनुका साथै इजिफाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफर लगायतका लाभ पाउन सक्नेछन्।

प्रकाशित: २४ भाद्र २०८० ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App