२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।

तालिम कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किराँतीले सुरक्षा देशको अपरिहार्य पक्ष भएकाले पर्यटन क्षेत्रमा पनि यसको निकै महत्व रहेको बताए। मन्त्री किराँतीले भने, ‘धेरै कुरा भोली र भरे गर्छु भन्दा पनि हुन्छ तर सुरक्षा भरेभोलि गर्छु भनेर हुँदैन, अहिले नै गर्नुपर्छ। सूचना आउना साथ तत्काल खटिनुपर्छ।’

नागरिकलाई प्रशिक्षित गर्दै उनीहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ। साथै सुरक्षासम्बद्ध प्रावधान पालना गराउने सम्पूर्ण कामसमेत प्रहरीको काँधमा हुन्छ। तालिमपछि न्यूनतम स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबलका साथ मन, वचन र कर्मले निष्ठावान भएर काम गर्न मन्त्री किराँतीले तालिमका सहभागीहरूलाई आग्रह गरे।

तालिम कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किराँतीले सुरक्षा देशको अपरिहार्य पक्ष भएकाले पर्यटन क्षेत्रमा पनि यसको निकै महत्व रहेको बताए।

मन्त्री किराँतीले भने, ‘हामी हाम्रोे देशमा केही नभएको भनेर ग्लानी गर्ने मात्र होइन, संसारमा भएका विकासबाट सिक्ने ठाँउमा पनि छौं।’ उनले थपे, ‘पर्यटन हाम्रो देशको अथाह सम्भावना भएको क्षेत्र हो। हामी आर्थिक विकासको मूल खम्बा बन्न सक्छौं। हामीसँग भएको अथाह प्राकृतिक सम्पदा र इन्द्रेणी समाजका कारणले पनि विकास सम्भव छ।’

उनले पर्यटनको विकास नेपालमा गर्ने हो भने प्रकृति र संस्कृतिको समायोजन गरी गर्नुपर्नेमा जोड दिए। साथै उनले संविधानले निर्देश गरेबमोजिम स्थानीय स्वाद र स्वामित्वसहितको पर्यटनले मात्र हाम्रो आर्थिक विकास सम्भव भएको धारणा व्यक्त गरे। यसै क्रममा मन्त्री किराँतीले मन्त्रालयले तीन वटा कुरा प्राथमिकतामा राखेर पर्यटन ऐन संशोधन गर्ने बताए।

 उनले सरकारले  ६ महिनामा गरेका सुधार र गर्न बाँकी रहेका कामलाई फलोअप गर्ने, मन्त्रालय मातहतमा रहेका विभाग र सम्बन्धितक्षेत्रमा मध्यमस्तरका परिणमहरू निकाल्ने र अन्त्यमा आजको आवश्यकतालाई प्रतिनिधित्व गर्न सक्ने गरी पर्यटन ऐन, (२०३५) संशोधन गर्ने जानकारीसमेत दिए।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरीको इतिहासमा प्रथम पटक पर्यटनसम्बन्धी तालिम भएको जनाउँदै तालिमले पर्यटक प्रहरीको दक्षता वृद्धि गर्ने र सोहीअनुरूपको परिणाम आउने विश्वास राखेको बताए। उनले पञ्चायत कालदेखि हालसम्म पर्यटक प्रहरीले सुरक्षाको निम्ति काम गरिरहेको भए पनि पर्यटक प्रहरीलाई दिनुपर्ने सेवा सुविधामा कमी भएको जनाए।

नेपाल प्रहरीले ड्युटी समयमा मात्र नभएर शान्ति मिसनमा जाँदा पनि पर्यटनसँग सम्बन्धित पोस्टर, सिडी लगायतका सामग्री लगेर बाँड्ने गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आएको उनले बताए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तालिम सम्पन्न गराउन सहयोग गर्ने प्रहरी तथा उच्च प्रहरी अधिकृतलाई कदरपत्र र सहभागी प्रशिक्षार्थीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री किराँतीले प्रमाण पत्र वितरण गरेका छन्। २०७१ सालमा जारी भएको प्रहरी नियमावलीमा पर्यटक प्रहरीको लागि ‘पर्यटक प्रहरीको तालिम’ भनेर उल्लेख गरिए पनि पर्यटक प्रहरीलाई प्रशिक्षण दिन यसअघि तालिम पाठ्यक्रम समेत थिएन्।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरीको इतिहासमा प्रथम पटक पर्यटनसम्बन्धी तालिम भएको जनाउँदै तालिमले पर्यटक प्रहरीको दक्षता वृद्धि गर्ने र सोहीअनुरूपको परिणाम आउने विश्वास राखेको बताए।

यसै क्रममा राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक तालिम क्यालेण्डरबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग राष्ट्रिय प्रहरी प्रतिष्ठान, पर्यटन प्रहरी केन्द्रीय कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा राष्ट्रिय प्रहरी प्रतिष्ठानमा प्रथम पटक प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतसमेतका लागि पर्यटन प्रहरी तालिम सञ्चालन गरेको हो।

१८ दिने तालिम गत साउन १५ देखि सुरु भई भदौ ३ गते सम्पन्न भएको थियो। तालिममा  ४ प्रहरी सहायक निरीक्षक, ५ प्रहरी हवल्दार, ७ प्रहरी सहायक हवल्दार, १४ प्रहरी जवान गरी जम्मा ३० जना प्रशिक्षार्थी सहभागी थिए।

पर्यटक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले पर्यटक प्रहरीले उपलब्ध गराउने सेवाले अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको छवि प्रस्तुत गर्ने हुँदा उनीहरूले प्रदान गर्दै आएको सेवालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। उनले देशको समग्र पहिचान सकारात्मक रूपमा अन्तर्राष्ट्रिय जगतमा फैलाउन पर्यटक प्रहरीलाई दिइएको तालिम कोसेढुंगा सावित हुने अपेक्षा राखेको बताए ।

प्रकाशित: ४ भाद्र २०८० ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App