५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

महाभीर चटानको आरोहण रुट तयार

इलाम नगरपालिका वडा नं ८ मा रहेको महाभीर चटानमा आरोहणको रुट तयार भएको छ। विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाको पर्यटन सदभाबना दूत कल्पना महर्जनको संयोजकत्वमा रुट बनेको हो। रुट तयार पारी आरोही महर्जन काठमाडौं फर्किसकेकी छिन्। रुट बनाउनका लागि यसअघि उनी इलाम पुगेकी थिइन्।

रुट फिक्सिगको काम लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीको नेतृत्वमा थालिएको हो। नरबहादुरको साथमा सहयोगीहरू सुजन गुरुङ, थोप्टेन लामा र सज्जन घले रहेका थिए। रुटको व्यवस्थापन क्लाम्विग पर्यटकीय क्षेत्र प्रवद्र्धन विकास समितिले इलाम नगरपालिका ८ महाभीरको रहेको थियो। इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यवस्थापन रुट बनाएको थियो।

विश्व कीर्तिमानी सगरमाथा आरोही एवं इलाम पर्यटन सदभावना दूत कल्पना महर्जनले महाभीरमा रहेको चटानमा ७ वटा विभिन्न ग्रेडको रुट बनाएको बताइन्। नेपालको पूर्वी क्षेत्रमा बनाइएको यो पहिलो रक क्लाइमिंग रुट रहेको बताइएको छ।

प्रकाशित: २ श्रावण २०८० १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App