९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट लाजिम्पाटमा

भियतनामी परिकारका पारखीहरूलाई लक्षित गर्दै काठमाडौँको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ। लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले आज उद्घाटन गरेका छन्।

कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे। नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरूलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ।

रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन्। प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन)कोपेस्ट वा सोयाबिन ससको साथमा ग्राहक समक्ष सर्भ गरिन्छ। भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ।

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौँको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ। कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छन्। 

रेष्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरूको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताउँछन्। 

प्रकाशित: २८ असार २०८० १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App