१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिबिफिनद्वारा सरकारको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थालाई निरन्तर रूपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।

परिसंघको सातौं बैठकले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् तिनमा कार्यरत कर्मचारीहरूविरुद्ध विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि नगर्न विज्ञप्ति प्रकाशन गरी सचेत गराएको हो।

परिसंघद्वारा जारी गरिएको विज्ञप्तिमा कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनियता र सम्पत्तीमा हानि नोक्सानी पु¥याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलगायत अन्य कानुनविपरीतका क्रियाकलाप निरन्तर भइरहेको उल्लेख छ।

परिसंघले त्यस्तो क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध मुद्दा चलाउने तथा कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ।

प्रकाशित: १८ असार २०८० ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App