१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट (तस्बिरहरू)

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।  

काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको अलफ्ट होटलमा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो।  

उप-प्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले नेपालमा सञ्चार क्षेत्रलाई संस्थागत गर्न एनआरएमएलले साहसी कदम चालेको बताइन्।

‘नेपाल रिपब्लिक मिडियाले जनतालाई सधैं प्राथमिकतामा राखेको छ। सर्वसाधारणका लागि सेयर प्रवाह गर्ने हाम्रो निर्णय पनि यही तथ्यको प्रमाण हो,’ उनले भनिन्।

कोभिड–१९ महामारीका कारण कम्पनीको राजस्वमा नराम्ररी असर परे पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आगामी वर्षमा राजस्वमा उल्लेख्य वृद्धि हुने र त्यसका केही सकारात्मक संकेत चालु आर्थिक वर्षको राजस्वमा देखिएको उल्लेख गरिन्।

यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण श्रेष्ठले नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई देशकै पहिलो सार्वजनिक मिडिया कम्पनीको रुपमा सफल बनाउन सफलताको शुभकामना व्यक्त गरे।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीको आइपीओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको छ। त्यस मध्य ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएको छ। जस अनुसार १२ लाख २७ हजार ५ सय ६९ जनाको योग्य आवेदन परेको हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड भएको हो। जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाएका छन्। यी मध्ये भाग्यमानी १ जनाले ११ कित्ता शेयर पाएका छन्।  

कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कासन गरेको हो।

सोमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने वैदेशिक रोजागरीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्काशन गरेको थियो ।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँट नभएको ९३ हजार ९६१ कित्ता शेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई  बाँडफाँट गरिएको हो ।

तस्बिरमा हेर्नुस् आइपीओ बाँडफाँड कार्यक्रममा केही झलक। तस्बिरः प्रसन गुरूङ/ नागरिक

प्रकाशित: ११ असार २०८० ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App