१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषकले चैते धान प्रोत्साहन अनुदान पाउने

फाइल तस्वीर

चितवनमा चैते धान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैते धान प्रोत्साहन अनुदान पाउने भएका छन्। सरकारले चैते धान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए।

खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरूप रकम पाउने भएका हुन्। कार्यालयका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार ८० हजार पाँच सय १५ कठ्ठामा चैतेधान खेती गरेको निवेदन परेको थियो। निवेदनपछि स्थलगत अनुगमन र प्रमाणीकरणपछि ७४ हजार एक सय २४ कठ्ठामा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गर्न लागिएको हो।

पुनका अनुसार २० कठ्ठासम्म चैते धान खेती गर्ने कृषकका लागि प्रतिकठ्ठा एक सय रुपैयाँका दरले र सोभन्दा बढी गर्नेका लागि ९५ रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिने छ।

प्रोत्साहन कार्यक्रमका लागि संघीय सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। यसमा ७३ लाख रुपैयाँ प्रोत्साहन अनुदान वितरण गर्न लागिएको हो। कार्यक्रम अनुसार प्रतिकठ्ठा  चार सय रुपैयाँ दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णय भएको उनले बताए। जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैतेधान खेती गरिँदै आइएको छ।  

प्रकाशित: ६ असार २०८० ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App