१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता

प्रभु बैंक र प्यारामाउण्ट मोटर्सले विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता गरेका छन्।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्सका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्यारामाउण्ट मोटर्सद्वारा आयात गरिएको एम्जी मोडेल/ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकले छिटो, छरितो र सहजता साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने भएका छन्।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३ असार २०८० ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App