८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेसिन औजार पाउँदा उद्यमी खुसी

दैलेखमा उद्यमीहरुले मेसिन  औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशिलता गरिरहेको उद्यमीहरुलाई सरकारले आवश्यकता अनुसार मेसिन औजार सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्।

आफुहरुले स्थानीय स्तरमा सुरु गरेको उद्योगलाई सरकारले साहरा दिएको हिमाली मसला उद्योग दुल्लुका प्रोप्ररार्ईटर राजु खड्काले बताए। बास्तविक उद्यमीहरुका लागि यस्ता अनुदानका कार्यक्रमले ठुलो सहयोग पु¥याएको देवी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक देवी कुमारी दाहालले बताईन्। ‘केही गर्छु भन्ने किसानहरुका लागि मेसिन औजार वितरण कार्यक्रमले खुसी ल्याएको छ।’ उद्यमी देवी कुमारी दाहालले भनिन् ः उद्यमीहरुलाई प्रोत्साहनको कार्यक्रमले उत्पादनमुखी हुनेछ।’

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले उद्यमीहरुलाई उपयुक्त प्रविधि तथा स्थानीय कच्चा  पदार्थमा आधारित उद्योग प्रवद्र्धनका लागि मेसिन औजार हस्तान्तरण कार्यक्रम गरेको छ। जिल्लाभरबाट आवेदन दिएका मध्ये छानिएका ४७ जना उद्यमीलाई विभिन्न प्रकारका मेसिन औजारहरु दिईएको हो।

कार्यालयबाट सुचना प्रकाशनपछि उद्यमीबाट दिईएको आवेदन दिईएको र आवश्यकता अनुसार छनौट भएको उद्यमीहरुलाई उद्योग प्रवद्र्धनका लागि औजारहरु दिईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख कल्पना खत्रीले बताईन्। 

२० लाख रुपैँया बजेटमा ४७ जना किसानहरुलाई मेसिन औचार किनिएको हो। उद्यमीहरुले आफै औचार किनेर कार्यालयमा देखाएर विलभरपाई पेश गरेपछि भुक्तानीको हुने ब्यवस्था रहेको छ। पुरुषको नाममा भएको फर्मबाट ५० प्रतिशत, महिला, दलित लगायत लक्षित वर्गहरुको नाममा भएको फर्मबाट ७० प्रतिशत अनुदान दिईएको कार्यालय प्रमुख खत्रीले बताईन्। मिल, फर्निचर, होटल ब्यवसाय, सिलाई कटाई मेसिन, ब्यूर्टी पार्लर, मसला उद्योग, डेरी उद्योग लगायतका  उद्योगहरुका लागि मेसिन औजार हस्तान्तरण गरिएको थियो।

प्रकाशित: ३२ जेष्ठ २०८० ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App