२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था(इप्पान)को नयाँ नेतृत्वमा कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको निर्वाचन समितिले उजुरीको आधारमा उम्मेदवारी रद्द गरेसँगै इप्पानको अध्यक्षसहित पदाधिकारी पदका उम्मेदवार निर्विरोध चयन भएका छन्। निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धी किरण मल्ल लगायतको पदाधिकारीको उम्मेदवारी रद्द भएसँगै इप्पानको नयाँ अध्यक्षमा गणेश कार्की निर्विरोध चयन भएका हुन। 

निर्वाचन समितिका अनुसार इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार परेको भन्दै उजुरी भएको थियो। उजुरी  परेसँगै निर्वाचन समितिले योग्यता नपुगेका उम्मेदवारहरुको उम्मेदवारी बुधबार रद्द गरेको  हो। निर्वाचन समितिले अध्यक्षका प्रतिस्पर्धीको उम्मेदवारी बदर गरेसँगै कार्की निर्विरोध चयन भएका हुन। नवनिर्वाचित अध्यक्ष विगत २० वर्षदेखि निरन्तर ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आइरहेका छन्।

बरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सुर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन्। इप्पानको संसोधित विधान अनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ। तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन्। उनको योग्ता नपुगेसँगै निर्वाचन समितिले डाँगीको उम्मेदवारी मात्रै कायम गरेको छ। यो सँगै डाँगी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका छन् भने संसोधित विधान अनुसार त्यसपछि उनी स्वतह अध्यक्ष हुनेछन।  

उपाध्यक्षहरुमा आशिष गर्ग, आनन्द चौधरी, भरत खत्री, उत्तम भ्लोन र रामप्रसाद आचार्य तथा महासचिवमा बलराम खतिवडा निर्विरोध चयन भएका छन्। त्यसैगरी इप्पानको उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको थियो। सचिवहरुमा भरत खड्का, हिमप्रसाद पाठक, विक्रम विष्ट, भरत नेपाल र कविता पोखरेल कँडलले पनि निर्विरोध भएका छन्।  

तीन जना महिला सदस्यको पनि एकल उम्मेदवारी परेकाले सुसन कर्माचार्य, सुमनकुमार जोशी र ईशा श्रेष्ठको मात्र उम्मेदवारी परेकोले उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले विधान र निर्देशिका विपरित उम्मेदवारी परेको भन्दै अध्यक्षका उम्मेदवार  किरण मल्ल, बरिष्ठ उपाध्यक्षका उम्मेदवार सूर्य अधिकारीको उम्मेदवारी रद्द गरेको हो। त्यसैगरी उपाध्यक्ष द्धय विरेन्द्र मल्ल र दिपेन्द्र बम र महासचिवका उम्मेदवार विनोद देवकोटा र सचिवका उम्मेदवार नारायण कँडेलको उम्मेदवारी पनि रद्द गरेको हो। इप्पानका अध्यक्षसहित पदाधिकारी निर्विरोध भएसँगै कार्यसमिति सदस्यका लागि भने विहीबार निर्वाचन हुदैंछ। कार्यसमिति सदस्यमा उत्तरकुमार श्रेष्ठ, कुबेरमणि नेपाल, शंकर बस्याल, मिथुन चक्रवती प्रसाद पौडेल, सीताराम तिमल्सिना, तारा सुब्बा, भरत पराजुली, कदम केसी, विजयमोहन श्रेष्ठ, गृष्म ओझा, सुकुन्द ओझा, दिपक पौडेल र विकास श्रेष्ठको उम्मेदवारी परेको छ। विहीबार हायात होटलमा हुने इपानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटनपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

पाटन उच्च अदालतले इप्पानको निर्वाचन रोक्न अन्तरिम आदेश दिएन्

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै अध्यक्षका उम्मेदवार किरण मल्लले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन उपर अन्तरिम आदेश दिन इन्कार गरेको छ। इप्पानका अध्यक्ष मल्लले विधान विपरित उम्मेदवारी दिन नपाएको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए।  पाटन उच्च अदालतका न्यायाधीस अमृतबहादुर बोहराको इजलासले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सवूद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र विपक्षीहरुक हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएका छन्। न्यायाधीस बोहराको इजलासले इप्पानको अध्यक्ष पदमा निवेदक किरण मल्लको उम्मेदवारी  जेठ ३० गते दर्ता भएको देखिएकाले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश गरेका छन्। अदालतको यो आदेशसँगै विहीबार राजधानीमा हुने इप्पानको निर्वाचन नरोकिने भएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App