लिपफ्रग टेक्नोलोजीले १२ जना महिला सफ्टवेयर इन्जिनियरहरूलाई प्रशिक्षण प्रदान गरेको छ। बिहीबार लिपफ्रग टेक्नोलोजीले एक विज्ञप्तिमार्फत महिला सफ्टवेयर इन्जिनियरहरूलाई छ साताको इन्टर्नसिप कार्यक्रममार्फत प्रशिक्षण दिएको जानकारी गराएको हो।
‘लिपफ्रग टेक्नोलोजीले १२ जना महिला सफ्टवेयर इन्जिनियरहरूलाई छ साताको इन्टर्नसिप कार्यक्रम प्रदान गरेको छ,’ लिपफ्रग टेक्नोलोजीकी सफ्टवेयर इन्जिनियर सिम्रन पन्थीले भनिन्, ‘सो अवधिमा महिला सफ्टवेयर इन्जिनियरहरूलाई सफ्टवेयरमा केन्द्रित रहेर सीपमूलक प्रशिक्षण प्रदान गरिएको थियो।’
वैशाख १३ गतेदेखि जेठ २५ गतेसम्म आयोजना गरिएको इन्टर्नसिप कार्यक्रममा लिपफ्रग टेक्नोलोजीले १२ जना सहभागीहरूलाई सफ्टवेयर इन्जिनियरिङसम्बन्धी विभिन्न विषयबारे जानकारी गराउनेदेखि व्यावसायिक विकासबारे प्रशिक्षण प्रदान गरेको थियो। उनीहरूले लिपफ्रग टेक्नोलोजीसँग मिलेर विभिन्न सीपमूलक गतिविधि गरेका थिए।
लिपफ्रग टेक्नोलोजीले प्रदान गरेको इन्टर्नसिप कार्यक्रममा सहभागी आयुषा बिष्टले सिप विकासमा केन्द्रित रहेर सञ्चालित प्रशिक्षण पाउँदा हुन पाउँदा सफ्टवेयर इन्जिनियरिङसम्बन्धी विभिन्न विषयमा जानकारी पाएको बताइन्। ‘इन्टर्नसिप कार्यक्रमको क्रममा मैले पाएको मेन्टरसिप र मार्गदर्शन अमूल्य छ,’ उनले भनिन्, ‘यस कार्यक्रममार्फत मलाई आफ्नो क्षमता अन्वेषण र आफैलाई चुनौती दिन प्रोत्साहित गरेको छ। यस प्रशिक्षणपछि मेरो व्यावसायिक यात्रा सुरु गर्न उत्साहित छु।’
प्रकाशित: २६ जेष्ठ २०८० ०२:१४ शुक्रबार





