२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

शुल्क भुक्तानी अब डिजिटल प्लेटफर्ममाफर्त

एनआईसी एशिया बैंकले काठमाडौंस्थित थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गरेको छ। बैंकले उक्त क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।

बैंकले थापाथली र पशुपति क्याम्पससँग डिजिटाइज गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्कलगायतका अन्य कुनै पनि शुल्क बैंकको क्युआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने गरी व्यवस्था मिलाएको हो।  

यस सम्झौतासँगै विद्यार्थीहरूले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सकिने भएको छ। 

प्रकाशित: १८ जेष्ठ २०८० ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App