२० पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई छुट

सिद्धार्थ बैंकले नेपालगञ्जस्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फनपार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण रानामगरले राएरा रेष्टुरेन्टर वन्डरल्याण्ड वाटर एण्ड फनपार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्सु यादवले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले ले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्क टिकट खरीदमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछ। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App