२१ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

कृषि अनुदानबारे बजेटः ‘उत्पादन साथमा, अनुदान हातमा’

सरकारले कृषि क्षेत्रमा दिँईदै आएको अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलेद्धारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो।

‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईने अर्थमन्त्री महतले बताए। उनले कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन महिना भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

बजेटमा कृषि अनुदान सदुपयोग नभएको भन्ने आम गुनासोलाई सम्बोधन गर्न सो मापदण्ड बनाउने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारिएको छ। बजेटमा कृषि उत्पादन वृद्धिमा जोड दिने पनि भनिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App