सरकारले सरकारको कुल पुँजीगत बजेटको न्युनतम एक प्रतिशत रकम अनुसन्धान नवप्रवर्द्धन र आविष्कारमा खर्च गर्ने नीति लिने भएको छ।
सोमवार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्।
उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको बताए उनले कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने बताए।उनले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन, आविष्कार समेतका कार्यक्रमलाई यसमा आवद्ध गर्दै लगिने उल्लेख गरे।
उनले प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहीत गरिने बताए। नवप्रवर्तन, आविष्कार र अुनुसन्धानसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छुट्टै इकाइ स्थापना गरिने उनको भनाइ छ।
उनले उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौंमा इनोभेसन सेन्टर स्थापना गर्ने सुनाए।
प्रकाशित: १५ जेष्ठ २०८० ११:४० सोमबार





