११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

यस वर्षको बजेट भाषण सुरु

आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्।  

मन्त्री महतले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। यस वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब को  बजेट सिलिङ दिएको छ।  गत आर्थिक वर्ष २०७९/ ८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो।  

संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ।

प्रकाशित: १५ जेष्ठ २०८० १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App