२१ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

आइएमई र सामाजिक सुरक्षा कोष बीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमई बीच सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरूबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्। उक्त सम्झौताको कार्यान्वयनपछि आइएमई तथा साझेदारहरू मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान बापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।  

आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौता अनुसारको व्यवस्था छिट्टै मिलाइने जानकारी गराएका छन्। कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षायोजनाको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने पौडेलले उल्लेख गरेका छन् । 

प्रकाशित: ९ जेष्ठ २०८० ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App