१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

छैटौं चेम्बर एक्स्पो हुने

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। जेठ ४ देखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुहरूको प्रदर्शनी गरिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान र नेपाली वस्तुहरूको बजारीकरणमा जोड दिइने अध्यक्ष राजेन्द्र मल्लले बताए। मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरूले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ। ‘चेम्बर एक्स्पोले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ’, उनले भने।

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्नका सामग्री, जडीबुटीजन्य वस्तुहरू प्रदर्शनी गरिने चेम्बरले जनाएको छ। यस्तै अटोमोवाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरू समेत प्रदर्शनीमा राखिने छन्। मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्र भूषण चाकुबजीले बताए।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीहरूको स्टल रहनेछ। मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोग गर्न उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताए।

प्रकाशित: ४ जेष्ठ २०८० ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App