१४ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। 

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। 

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० घटाएको छ। पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ। 

मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो। 

पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ६०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायमै छ।

प्रकाशित: २ जेष्ठ २०८० १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App